Thursday, September 20, 2012


नेपालमा बाल श्रम
सरोज,
सरकारले सबैका लागि शिक्षा अभियानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले विद्यालय उमेर समूहको विद्यालय भर्ना दर सतप्रतिशत पु¥याउने लक्ष्य राखेर विभिन्न कार्यक्रम पनि चलाइरहेको छ । तर गरिबीका कारण बालबालिका बालश्रम गर्न बाध्य छन् । जसका कारण विद्यालय जाने उमेरमा श्रम गर्न जानुपर्ने बाध्यता हट्न सकेको छैन । गरिबी र चेतनाकै कमीका कारण नेपालमा बालश्रमिकको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । अर्काेतर्फ सरकारी लक्ष्य अनुसार साक्षरतामा वृद्धि र विद्यालय भर्नादरमा समेत असर पर्ने देखिएको छ ।
उचित शिक्षा–दीक्षा पाउनु हरेक बालबालिकाको मौलिक अधिकार हो । गा“स, बास र कपासस“गै शिक्षा र स्वास्थ्य पनि बालअधिकारभित्रै पर्छ । तर के सबै बालबालिकाले आफ्नो अधिकार प्राप्त गरेका होलान् ? हेर्नुहोस् यो दृश्य ।  बालबालिकाको उमेर किताब–कापी च्यापेर विद्यालय जाने हो । तर यिनीहरू अहिले सडकलाई नै आफ्नो कर्मथलो बनाउन बाध्य छन् । सरकारले सन् २०२० भित्र सबैखाले बालश्रम उन्मुलन गर्ने योजना तयार पारेको छ । सरकारबाट स्वीकृत हुनेबित्तिकै योजना कार्यान्वयनमा पनि आउनेछ । तर नेपालमा अहिले पनि ४० प्रतिशत बालबालिकाले श्रम गरिरहेको र ३५ प्रतिशत बालबालिका गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ । १४ वर्Èमुनिका बालबालिकालाई श्रम गर्न बाध्य पारिनु, श्रमको उचित मूल्य नदिनु, जोखिमपूणर््ँ श्रम गर्न लगाउनु र शिÔाविमुख पारिनु बालश्रम हो । तर यी बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर भएकाले बाध्य भएर काम गर्नुपरेको बताउ“छन् । सरकारले बालश्रम उन्मुलन गर्ने नारा लगाए पनि त्यो कागजमा मात्र सीमित रहेको छ । कमजोर आर्थिक अवस्थाकै कारण अभिभावकहरू बाध्य भएर आफ्ना बालबालिकालाई श्रम गर्न पठाउन बाध्य छन् । काठमाडौंको मुटु रत्नपार्कमा भेटिएका यी बालबालिका पढ्न मन भए पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न नसकेको बताउ“छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्न भन्दै देशभर हजारौं संघ–संस्था खुलेका छन् । तर पनि बालबालिकाका समस्या ज्यू“का–त्यू“ छन् । अधिकांश बाल श्रमिक सार्वजनिक यातायात, इ“टाभट्टा जस्ता जोखिमपूर्ण स्थानका श्रम गर्न बाध्य छन् । त्यस्तै सर्कसमा खेलाउन तथा यौन व्यवसायमा लगाउनसमेत बालबालिका नेपालबाट बाहिर लाने गरेको पाइएको छ । एक प्रतिवेदनअनुसार नेपालबाट वर्Èेनी १२ हजार बालबालिका बेचिने गरेका छन् । भनिन्छ, आजका बालबालिका भोलिका देशका कर्णधार हुन् । आजको बालबालिकामाथि नै निर्भर हुन्छ, देशको भविश्य । तर नेपालमा अहिले देखिएको बालश्रम तथा बालबालिका शिक्षाबाट वञ्चित भइरहेको यो अवस्थाले नेपालको भविश्य कतातिर भन्ने गिज्याइरहेजस्तो लाग्छ । त्यसैले सबैखाले बालश्रम तत्काल उन्मुलन गरी उनीहरूलाई उचित शिक्षा–दीक्षा दिनेतिर तत्काल कदम चालिनुपर्छ । 

सरोज श्रेष्ठ, काठमाडौं ।

No comments:

Post a Comment