नेपालको पुरानो पुस्तकालय , केशर पुस्तकालय
सरोज :
पुस्तकालय अनौपचारिक शिक्षा आर्जन गर्ने स्थल हो । सूचना र प्रविधिको विकास उत्कर्षमा पुगेको आजको युगमा पुस्तकालयको महत्व कम हु“दै गएको छ । कुनै पनि व्यक्तिले आफूले चाहे र खोजेजस्तो सबैजसो विषयवस्तु इन्टरनेटमै उपलब्ध छन् । तर पनि कतिपय ऐतिहासिक कृति तथा पाण्डुलिपीका लागि भने पुस्तकालय नै पुग्नुपर्छ । राजधानीमा रहेको देशकै पुरानो केशर पुस्तकालयमा पनि त्यस्ता कतिपय ऐतिहासिक पुस्तक छन् । जो देशकै सम्पत्ति हो । अहिले देशभर करिब ८ सय पुस्तकालय छन् । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमै छन् । त्यसमा पनि देशकै सबैभन्दा पुरानो पुस्तकालय हो, केशर पुस्तकालय । शिक्षा मन्त्रालयस“गै रहेको यो केशर पुस्तकालय केशरसम्शेरले स्थापना गरेका हुन् । चन्द्रसम्शेरका साहि“ला छोरा केशरसम्शेर सन् १९०८ मा बेलायत भ्रमणमा गएका थिए । बेलायतमा पुस्तकालय देखेका उनले स्वदेश फर्किएपछि आफ्नै घरमा यो पुस्तकालय स्थापना गरेका हुन् । उनले बेलायतबाट फर्किंदा आफूस“ग केही साहित्यिक पुस्तक ल्याएका थिए । त्यो संकलन नै आजको यो केशर पुस्तकालय हो । स्वप्न बगै“चासहित करिब साढे बत्तीस रोपनी क्षेत्रफलमा फैलिएको यो पुस्तकालय केशरसम्शेरकै इच्छाअनुसार उनको मृत्युपछि उनका कान्छी श्रीमती कृष्ण चन्द्रदेवीले २०२६ सालमा तत्कालीन श्री ५ को सरकारलाई सुम्पेका हुन् । २०२६ सालताका यो पुस्तकालयमा २८ हजार पुस्तक थिए । अहिले भने यहा“ ६० हजार पुस्तक रहेको जानकारी दिइन्, पुस्तकालयका प्रमुख जानकी कमाचार्यले । नेपालीमा पुस्तकालय जाने बानीको खासै विकास हुन सकिरहेको छैन । त्यसमा पनि सूचना र प्रविधिको विकासले पुस्तकालयहरू ओझेल पर्दै गएको आभास हुन थालेको छ । सूचना प्रविधिको विकासस“गै आफूलाई अगाडि बढाउन केशर पुस्तकालयले अहिले फ्रि वाईफाईको व्यवस्था मिलाएको छ । पाठकहरूलाई आफूले चाहेको पुस्तक सजिलै भेट्टाउन सजिलो होस् भनेर पुस्तकालयलाई चार भागमा विभाजन गरिएको छ । केशरसम्शेरको कलेक्सनमै थप गरिएको यो पुस्तकालय नेपालको शान हो । तर कर्मचारी अभावलगायतका कारण पुस्तकालय व्यवस्थापनमा केही समस्या रहेको छ । केशर पुस्तकालयमा अहिले ६० हजार पुस्तक भएपनि पुस्तकको अभाव नै देखिन्छ । पा“च वर्षदेखि यहा“ नियमित आउने गरेका यी विद्यार्थीहरूले पनि आफूले खोजेका सबै पुस्तक यहा“ पाएका छैनन् । पुस्तकालयमा अध्ययनको वातावरण प्रमुख पाटो हो । यी विद्यार्थी खुला र शान्त वातावरण भएकाले केशर पुस्तकालय धाउने गरेको बताउ“छन् । विश्व इतिहासमा दुई सय वर्ष पहिले पुस्तकाय स्थापना भएको देखिन्छ । नेपालको सबैभन्दा पुरानो यो केशर पुस्तकालय पनि एक सय चार वर्ष पुरानो हो । यहा“ अझै पनि सयौं वर्ष पुराना र हस्तलिखित पुस्तक सुरक्षित छन् । जसलाई सुरक्षित राख्न डिजिटलाइज गर्ने कार्य समेत भइरहेको छ । विभिन्न कलाकृति, कलात्मक मूर्तिहरू, जनावरका टाउकाहरू पनि पुस्तकालयको शोभा र आकर्षण बनेका छन् । केशर पुस्तकालय राष्ट्रकै सम्पत्ति हो । धरोहर हो । त्यसैले केशर पुस्तकालयलाई अझ व्यवस्थित बनाउ“दै यसको गरिमालाई जोगाइराख्नु पर्छ ।
No comments:
Post a Comment