ढाँचा:नेपालका अञ्चलहरू
सगरमाथा अञ्चल नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू (सगरमाथा) सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ। यस अञ्चलको पूर्वमा कोशी अञ्चल छ भने पश्चिममा जनकपुर अञ्चल छ।
विश्वको सबैभन्दा अग्लो हिमाल शिखर नेपालको यसै अञ्चलमा पर्छ।
नामाकरण
विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
जिल्लाहरू
यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
सोलुखुम्बु
ओखलढुंगा
खोटाङ
उदयपुर
सप्तरी
सिराहा
"सगरमाथा" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि सगरमाथा (स्पष्टता) हेर्नुहोला।
:सगरमाथा
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ। तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो। सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो। पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्।[४]। यसलाई कतै कतै देवढुङ्गा [५] पनि भन्ने गरेको पाइन्छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए।
नामकरण र आरोहणको पृष्ठभूमि
सन् १८०९मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी पर्वत ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाइ नापिएको हिमाल धवलागिरी (८,१७२ मिटर) हो। यस हिमालको उचाइ नापेपछि यसैलाई संसारको अग्लो भनिएको थियो। पछि सन् १८४८मा कञ्चनजङ्घाको उचाइ नापियो र यसको उचाइ ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो। त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो। त्यसको करिब तीन वर्षपछि सन् १८५२मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो। सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम प्रदान गरियो। सन् १८५२ तिर पहाडहरूको उचाइ 'कियोडा लाइट' यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक-बंगाली नागरिक राधानाथ सिक्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे। राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए। उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो। राधानाथ प्रतिभाशाली गणितज्ञ थिए। सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो। बंगालमा आज पनि उनलाई संझनु पर्ने एउटा कारण छ किन भनें उनले 'मासिक पत्र' नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो। यस हुलाक-पत्रिकामा बंगाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे। सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए। विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत)को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा 'माउण्ट एभरेष्ट' नाम राखिदिए। एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे। भारतको तत्कालीन कम्पनीसरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए। जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए।
विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा' नाम राखिदिएका हुन। उनले यस पर्वतको नेपाली नाम 'शारदा' नामक पत्रिकामार्फत गरेका थिए।
अन्य प्रयोगहरू
प्रथम आरोहण
सन् १९५२को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो। सन् १९५४मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो।
बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो। उनले नेतृत्व गरेको समूहले सन् १९३६मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन। हन्टको समूह ठूलो थियो। सिपटनका साथमा सन् १९५२मा ऋजय इथग चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए। उक्त समूहमा जर्ज व्याण्ड ९न्भयचनभ द्यबलम०, टम वोर्र्डिन, चार्लस् इभन्स् ९ऋजबचभिक भ्खबलक०, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, विलप|mेड न्वाइस, गि्रˆफीथ पध, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली ९ऋजबचभिक ध्थष्भि० समावेश भएका थिए। त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए। तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो। त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए। उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए।
मई २६मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोाचबाट शिविरतर्फ प्रस्थान गरे। वोर्डेलो र इभान्सले सुरुमा राम्रो प्रगति गरे पनि हिउा र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाइ भयो। अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे।
२८ मईको दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौं शिविरमा पुगे। मे १९को विहान ६.३०मा हिलारी र तेन्जिङ् माथि चढन सुरु गरे। दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो। यो अवस्थामा हिलारी त्रसित भए। एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो। उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए। अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे। यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो। त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे। केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो। तेन्जिङ्बाट हिलारीले शिखर क्जयत लिए र मालोरी एवम् इरभाइनको सङ्केतका लागि उत्तरतिर चिहाए।
पर्वतारोहणको ऐतिहासिक तालिका
१८५२ भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाह - क्ष्च ब्ष्लमचभध ध्बगनज)ले क्ष्च न्भयचनभ भ्खभचभकत नामाकरण गरे। १९२१ -संयुक्त अधिराज्य): राष्ट्रिय भौगोलिक समाज र संयुक्त अधिराज्यको अल्पाइन क्लबद्घारा त्जभ भ्खभचभकत ऋommष्ततभभ गठन गरियो। १९२१ -संयुक्त अधिराज्य) : हवार्ड वरी -ज्यधबचम द्यगचथ) र जि.एल्.मालोरी -न्।ी। ःबियचथ) २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमा आरोहण गरे। १९२२ -संयुक्त अधिराज्य): पहिलो सगरमाथा आरोहणको जनरल् चार्लस् ९न्भल। ऋजबचभिक०को नेतृत्वमा जि.एल्.मालोरी ९न्।ी।ःबियचथ०, ई.एफ्.नर्टन ९भ्।ा।ल्यचतयल० र हवार्ड समरभेल ९ज्यधबचम क्omभचखभिभ० एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको -७९३९ मिटर) आरोहण गरे। गर्ज फिन्च ९न्भयचनभ ाष्लअज० र जे.जि.व्रस ९व्।न्।द्यचगअभ० अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटर) उचाइमा पुगे। १९२४ -संयुक्त अधिराज्य) दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस् ९न्भल। ऋजबचभिक० र ई.एफ्.नर्टन ९भ्।ा।ल्यचतयल० २८,१२६ फिट -७,५८० मिटर) उचाइमा पुगे। मालोरी ९ःबियचथ० र आन्ड्रयू अरभिन ९ब्लमचभध क्ष्चखष्लभ० २७,६०० फिटको उचाइमा वेपत्ता भए। १९३३ हृयू रटल्ज ९ज्गनज च्गततभिमनभ०को नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर) उचाई चढने काम भयो। १९३५ -संयुक्त अधिराज्य): एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे। १९३६ -संयुक्त अधिराज्य): हग रटल्ज ९ज्गनज च्गततमभमनभ०को नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो। १९३८ -संयुक्त अधिराज्य) एच. डब्लु. टिलमन ९ज्। ध्। त्ष्lmबल०को नेतृत्वमा भएको पाचौं आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो। १९५० -संयुक्त अधिराज्य) एच. डब्लु. टिलमन९ज्।। ध्। त्ष्lmबल० र चार्लस हुस्टन ९ऋजबचभिक ज्यगकतयल०ले खुम्बु हिमनदीको निरीक्षण गरे। १९५१ -संयुक्त अधिराज्य) ई. शिपटन ९भ्। क्जष्उतयल०ले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे। १९५२ -स्वीजरल्याण्ड) ई. वाईस डुनन्ट ९भ्। ध्थकक-म्गलबलत०को नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममा सम्पन्न भयो। रेमण्ड लम्बर्ट ९च्बymयलम ीamदभचत० र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर) उचाईमा पुगे। १९५३ -संयुक्त अधिराज्य)ः कर्नेल जोहन हन्ट ९ऋय। िव्यजल ज्गलत०को नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारी ९भ्dmगलम ज्ष्िबचथ० र तेन्जीङ्ग नोर्गे ९त्भलशष्लन ल्यचनबथ० मे २९को दिन सगरमाथाको शिरमा पुगे ..
ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकाश क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने विकट पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजारबाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। यूगकविसिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
जिल्लाको नामाकरण
ओखलढुङ्गा जिल्लाको नामाकरणका बारेमा निम्न धाराणाहरू रहेको पाइन्छ :
महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहेको जनविश्वास छ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरिसंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुंगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ। उक्त ढुगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गत ओखलढुङ्गा गाविस वडा नम्बर ६मा सिध्दिचरण पार्कसँगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ।
जिल्लाको इतिहास
प्राचिनकालमा यो क्षेत्रमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशी राजाहरूले राज्य गरेको पाइन्छ। वल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ। पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुङ्गाको नामले यस जिल्लाको जन्म भएको हो। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बू, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
भौगोलिक अवस्थिति
अक्षांश: २७ डिग्री ६ देखि २७ डिग्री ३२ उत्तर
देशान्तर: ८६ डिग्री १० देखि ८६ डिग्री ३२ पूर्व
सिमाना: पूर्व-दुधकोशी नदी खोटाङ, पश्चिम-लिखू नदी रामेछाप, उत्तर-सोलुखुम्बु, दक्षिण-सुनकोशी नदी उदयपुर र सिन्धुली
क्षेत्रफल: १,०७४ वर्ग किलोमिटर (१,०५,८६४ हेक्टर)
उचाई: समुन्द्र सतहबाट ३९० मिटरदेखि ३,६२७ मिटर सम्म
सबभन्दा होचोठाउँ: जोर्तीघाट, (३९० मिटर) थाक्ले
सबभन्दा अग्लोठाउँ: लाम्जेडाँडा (३६२७ मिटर) पात्ले
सदरमुकामको उचाई: १,८४९ मिटर
भौगोलिक विभाजन
डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टारबेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
बेसी क्षेत्र
ओखलढुङ्गा जिल्लाको क्षेत्रफलको १५% अर्थात १६१ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस क्षेत्रमा कम उचाईमा रहेको नदी र खोला किनारका भू-भागहरू पर्दछन। यस क्षेत्रमा मानिसहरूको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती तरकारी खेती पशुपालन माछा मार्ने आदि काम पनि यस क्षेत्रका मानिसहरूले गर्दछन।
मध्य पहाडी क्षेत्र
मध्य पहाडी क्षेत्रले जिल्लाको कुल क्षेत्रफलको ६५% अर्थात ६९८ वर्ग किलोमिटर क्षेत्रफल भू-भाग ओगटेको छ। सदरमुकाम ओखलढुङ्गाका साथै रुम्जाटार पनि यसै क्षेत्रमा पर्दछ। यस क्षेत्रमा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन आदि गरिन्छ।
लेकाली क्षेत्र
जिल्ला कुल क्षेत्रफलको २०% अर्थात २१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटने यस क्षेत्रमा पातलो बस्ती पाइन्छ। यहाँको अधिकांश भू-भाग भिरालो र चट्टानले भरिएको छ। यस क्षेत्रमा पातलो मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य समेत गरेको पाइन्छ।
जल सम्पदा
प्रमुख नदीनालाहरू
दूधकोशी नदी, सुनकोशी नदी, लिखू नदी, मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला आदि।
झरना
पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर), प्रमुख रूपमा रहेका छन। अन्य झरनाहरूमा सेप्ली, ढिकुरे, सेर्ना, सेलेले, न्याउले आदि पर्दछन।
प्रमुख धार्मिक क्षेत्रहरू
ओखलढुङ्गा जिल्लाको विलन्दू गाविस वडा नम्बर ९मा रहेको ककनी (श्री चम्पादेवी)को मन्दिर, चिसङ्खु गढीमा रहेको कोटकी कालिकादेवीको मन्दिर, सल्लेरीगाविसको लगलगेमा रहेको ककनीस्थान, दियालेमा रहेको जोगेश्वर महादेव मन्दिर, मोलीको तीनकन्या देवीको मन्दिर, पोखरे गाविस वडा नम्बर १मा रहेको पोखरा देवीको मन्दिर, दियालेगाविसमा रहेको भैरवस्थान, कुइभीर गाविस वडा नम्बर ५मा रहेको सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, कुइभीर गाविसको ठूलीवंशीमा रहेको महादेवको मन्दिर र खोदम्पाका कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान, बर्नालू गाविस वडा नम्बर ९मा रहेको सपनावती देवीको मन्दिर, ओखलढुङ्गा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, वटुक भैरव, गणेश मन्दिर आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू हुन।
व्यापारिक महत्वका स्थानहरू
यस जिल्लाको सवैभन्दा ठूलो व्यापारिक महत्वको स्थान सदरमुकाम ओखलढुङ्गा बजार नै हो। यहाँ बुधबार र शनिवार गरी हप्ताको दुई पटक बजार लाग्ने गर्दछ। व्यापारिक दृष्टिले शनिवारको बजारले विशेष स्थान ओगट्दछ। बुधवार लाग्ने बजार शनिवारको तुलनामा निकै कम लाग्ने गरेको पाइन्छ। केत्तुके र मानेभञ्ज्याङ यस जिल्लाका व्यापारिक दृष्टिले निकै महत्वपूर्ण स्थानको रूपमा रहेका छन। केत्तुकेमा मंगलबार र मानेभञ्ज्याङमा बिहिवार साप्ताहिक रूपमा वजार लाग्ने गर्दछ।
प्रभाव
कवि सिद्धिचरण श्रेष्ठले आफ्नो प्रसिद्ध कविता "मेरो प्यारो ओखलढुङ्गा" यही जिल्लाको नामबाट श्रृजना गरेका हुन। यो कवितालाई नारायण गोपालले सुमधुर स्वरले गाउनुभएको छ |
सिद्धिचरण श्रेष्ठ
नेपालका एक प्रसिद्ध कवि हुन्। उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ। उनले नेपाली र नेपाल भाषामा लेख्ने गर्दथे। उनको जन्म ओखलढुङ्गा जिल्लामा बि. सं १९६८ जेठ ९ गतेका दिन भएको थियो।
तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षःस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा !
माथिका हरफहरू युगकवि सिद्धि-चरण श्रेष्ठको औधी लोकपि्रय कविता 'ओखलढुंगा'का हुन्। पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरदिार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगा बजारमा विसं १९६९ जेठ ९ गते जन्मेका सिद्धिचरणले १९९२ साल (२३ वर्षको उमेर)मा लेख्नुभएको हो यो 'ओखलढुंगा' कविता। यो 'ओखलढुंगा' कवि सिद्धिचरणको मात्र होइन, नेपाली साहित्यकै एउटा उत्कृष्ट प्रकृतिपरक कविता हो। यो 'ओखलढुंगा'लगायत १९९२ सालसम्ममा सिद्धिचरणका 'निर्झर', 'साँझमा हिमालयको दृश्य', 'प्रातकालीन किरण', 'जूनकीरी', 'सपनाझैँ देखेँ तिनलाई', 'वर्षा आयो', 'वसन्त'जस्ता अनेकानेक कविता शारदामा प्रकाशित भइसकेका थिए। खास गरेर १९९२ सालसम्मका सिद्धिचरणका यिनै कविता र लक्ष्मीप्रसाद देवकोटाका पनि शारदामै प्रकाशित यतिञ्जेलसम्मका कविता -मुनामदन खण्डकाव्यसमेत)तर्फ आकषिर्त हुँदै प्रसिद्ध समीक्षक सूर्यविक्रम ज्ञवालीले 'नेपाली साहित्याकाशका दुई नयाँ तारा' शीर्षक समीक्षा प्रकाशित गरेका र त्यसमा उनले लक्ष्मीप्रसाद र सिद्धिचरणले नेपाली कविताका क्षेत्रमा लेखनाथ पौड्यालका समयका परम्परति -परस्िकारवादी) कविताधारबाट अलग्गिँदै नवीन -स्वच्छन्दतावादी) कवितापरम्पराको थालनी गरेको चर्चा गर्दै यी दुई कवि -लक्ष्मीप्रसाद र सिद्धिचरण)लाई 'नेपाली साहित्याकाशका दुई नयाँ तारा'का रूपमा उपस्थापित गरेपछि लक्ष्मीप्रसाद र सिद्धिचरणको ख्याति फैलिन थालेको थियो। साँच्चै भन्ने हो भने सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। ब्राह्मण बालकहरू मात्र गुरूका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर िअड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाउनुभयो। पछि १९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौँ र्फकनुभएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौँ आउनुभयो। तर, काठमाडौँमा पनि त्यतिखेर स्कुलका नाममा दरबार स्कुलबाहेक अरू थिएन र दरबार स्कुलमा सोर्सफोर्सले मात्र पढ्न पाउने र खर्च पनि निकै लाग्ने हुनाले जोकोही यहाँ भर्ना हुन सक्तैनथ्यो। जेहोस्, यहाँ भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ साल -१५ वर्षको उमेर)मा पाँचौँ कक्षामा पुग्दा 'सन्ध्या' शीर्षक कविता लेख्नुभएको थियो। यो कविता उहाँको पछि २०२१ सालमा प्रकाशित कवितासंग्रह कोपिलामा संग्रहित छ। यो कविता नै उहाँको अहिले -०६८)सम्मको उपलब्ध पहिलो कविता हो। यस प्रकार पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेका भए पनि सिद्धिचरणले स्कुलको औपचारकि शिक्षा भने पूरा गर्न सक्नुभएन। खास गरेर हिसाबमा कमजोर हुनाले कक्षा आठमा पुग्दा नपुग्दै उहाँले स्कुल छाडिदिनुभयो। यस प्रकार केवल कक्षा आठसम्मको मात्र स्कुलको औपचारकि शिक्षा हासिल गरेका सिद्धिचरणले १९९० सालमै बीए, बीएल गरसिकेका लक्ष्मीप्रसाद देवकोटासँग पूर्वोक्त प्रकार एकसाथ 'नेपाली साहित्याकाशका नयाँ तारा'को उपाधि पाउनु, त्यो पनि सूर्यविक्रम ज्ञवालीजस्ता दिग्गज समालोचकबाट। यो चानचुने कुरा होइन। त्यसबाट त्यतिञ्जेल अर्थात् १९९२-९३ सालसम्ममा सिद्धिचरणले औपचारकि नभए पनि अनौपचारकि शिक्षा अर्थात् स्वाअध्ययनबाट आफूलाई कति माथि उठाइसक्नुभएको रहेछ भन्ने तथ्य प्रमाणित हुन्छ, साथै त्यतिञ्जेलसम्मका सिर्जनाबाट उहाँ लक्ष्मीप्रसाद देवकोटाजस्तै दैवी वर प्राप्त -गडगिफ्टेड) जन्मजात कवि हुनुहुन्थ्यो भन्ने पनि प्रमाणित हुन्छ। यथार्थमा खासगरी यी दुई कवि -लक्ष्मीप्रसाद र सिद्धिचरण)ले नै सर्वप्रथम नेपाली साहित्यमा लेखनाथ, सम प्रभृतिको परस्िकारवादी काव्यधाराविपरीत स्वच्छन्दतावादी काव्यधाराको नयाँ युगको प्रवर्तन-प्रतिष्ठापन गर्नुभएको हो। यसप्रकार नयाँ युगमा प्रवर्तक-प्रतिष्ठापक हुनाले लक्ष्मीप्रसाद र सिद्धिचरण यी कविद्वय उसैबेला अर्थात् १९९२-९३ सालको सेरोफेरोमै वस्तुतः 'युगकवि' बनिसक्नुभएको हो। पछि अथवा भनूँ २००२ सालपछि लक्ष्मीप्रसाद देवकोटा महाकविका रूपमा प्रख्यात हुनुभएकाले नेपाली साहित्यजगत्मा 'युगकवि' उपाधि सिद्धिचरण श्रेष्ठमै सीमित र रुढ हुनपुग्यो। युगकवि सिद्धिचरण १९९५ सालदेखि चाहिँ एकतन्त्रीय जहानियाँ राणाशासनका विरुद्ध स्पष्टतः विद्रोही एवं क्रान्तिकारी कविका रूपमा लक्ष्मीप्रसाद देवकोटाभन्दा अग्रणी देखापर्नुभयो। यो तथ्य तलका प्रसंगहरूबाट स्पष्ट हुन्छ। १९९५ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशित नेपाली विहार नामक कवितासंग्रहमा सिद्धिचरणका तीनवटा नेवारी कविता 'राष्ट्रिय गान', 'वषर्ा' र 'गंगुखुसी' छापिएका थिए, जसमध्ये 'वषर्ा' शीर्षक कवितामा 'क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति' अर्थात् 'क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति' भन्ने पंक्ति परेको थियो। यस पंक्तिमा मुखरति कवि सिद्धिचरणको क्रान्तिचेतले १९९६-९७ सालसम्ममा उत्तरोत्तर प्रखरता पाउँदै गएको कुरा कविका 'परचिय' -१९९५), 'चम्क युवक' -१९९५)जस्ता कविता र अझ खास 'विश्वव्यथा' -१९९६-९७)जस्तो शोककविताबाट स्पष्ट हुन्छ। आफ्नो चारवर्षे छोरा विश्वचरण श्रेष्ठको मृत्युशोकमा लेखिएको तथा शारदाको १९९६ भदौको अंकमा केही अंश प्रकाशित भएको यो 'विश्वव्यथा'का केही पंक्ति यस्ता छन् : आज नखाऔँ, नसुतौँ आओ, सब मिली हडताल मचाऔँ कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ !
त्यतिबेलाको स्वेच्छाचारी क्रूर जहानियाँ राणाशासनको समयमा कवि सिद्धिचरणका यस्ता खुलेआम विद्रोह निम्त्याउने खालका अभिव्यक्तिबाट उहाँ तत्कालीन निरंकुश शासनसँग मात्र होइन, अपितु सृष्टिकर्ता स्वयं परमेश्वरसित पनि विद्रोह गर्न अति आतुर रहनुभएको खुलासा हुन्छ। वास्तवमा कवि सिद्धिचरण आफ्ना उपर्युल्लिखित कविताहरूमा त्यसबेला जनमानसमा भित्रभित्रै गुम्सिरहेको र अरू कसैले मुखरति तुल्याउन नसकेको एकतन्त्रीय क्रूर जहानियाँ राणाशासनविरोधी युगीन विद्रोह र क्रान्तिको आवाजलाई नै वाणी दिन अग्रसर रहनुभएको थियो। अर्को शब्दमा भन्ने हो भने उहाँमा अन्तरनिहित युगकवित्व प्रबल रूपमा प्रकटिएको थियो। यो कुरा तत्कालीन एकतन्त्रीय जहानियाँ शासनलाई सह्य भएन। अनि, कविलाई अंश सर्वस्वसहित १८ वर्षको कठोर काराबासको सजाय दिइयो। यसरी १८ वर्षको जेल सजाय भएको भए तापनि पछि श्री ३ जुद्धको महषिर् बन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा कवि रहिा हुनुभयो। कवि सिद्धिचरण यसरी जेलबाट रहिा हुनुभन्दा केही महिनाअघि उहाँका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएको थियो तर उहाँलाई त्यतिखेर आफ्ना पिताको दाहसंस्कारसमेत गर्न दिइएन। यसबाट त्यसबेलाको एकतन्त्रीय जहानियाँ शासनको क्रूरताको र कविलाई दिइएको काराबास सजायको कठोरताको सहजै अनुमान लगाउन सकिन्छ। यस्तो परििस्थतिमा कवि सिद्धिचरणले जे गर्नुभयो, त्यो नितान्त युगकवि अनुसार थियो। यस्ता युगकवि सिद्धिचरण श्रेष्ठ आज हामीमाझ हुनुहुन्न। उहाँ आफ्नो जीवनको अन्तिम समयसम्म पनि अनवरत साहित्यसाधनामा समर्पित रही आफ्ना अनेक अमूल्य कालजयी काव्यकृतिद्वारा नेपाली र नेवारी साहित्यलाई समेत अपूर्व सौन्दर्यमय एवम् गरमिामय बनाएर ०४९ जेठ २२ गते यस धर्तीबाट सदाका लागि बिदा हुनुभएको छ। आज युगकवि सिद्धिचरण भौतिक रूपमा यस संसारमा हुनुहुन्न तापनि उहाँ समस्त साहित्यप्रेमी नेपाली जनजनका मनमनमा सदा विराजमान हुनुहुन्छ र रहिरहनु हुनेछ।
यो कविको शैशवकाल वित्यो
हाँस्यो खेल्यो वन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा
ओखल ढुंगा कस्तो ठाउँ हो ? यो कस्तो कस्तो भूगोल छ ? आदि कुरा लाई यसले जानकारी दिने गर्दछा
ओखलढुङ्गा जिल्ला
नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ओखलढुङ्गा जिल्ला
Okhaldhunga district location.png
अञ्चल: सगरमाथा अञ्चल
सदरमुकाम: ओखलढुङ्गा,
क्षेत्रफल: १,०७४ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ५६
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या: २
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०३७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcokhaldhunga.gov.np
हे • वा • सं
यस शृङ्खलाको एक भाग
नेपालको प्रशासनिक विभाजन
Flag of Nepal.svg
पूर्वाञ्चल
[हेर्ने][हेर्ने]
मध्यमाञ्चल
[हेर्ने][हेर्ने]
पश्चिमाञ्चल
[हेर्ने][हेर्ने]
मध्य-पश्चिमाञ्चल
[हेर्ने][हेर्ने]
सुदूर-पश्चिमाञ्चल
[हेर्ने][हेर्ने]
नेपाल पोर्टल
हिमालय पोर्टल
हेर्ने • वार्ता • संपादन
ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकाश क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने विकट पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजारबाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ। यूगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
विषयसूची
१ जिल्लाको नामाकरण
२ जिल्लाको इतिहास
३ भौगोलिक अवस्थिति
४ भौगोलिक विभाजन
४.१ बेसी क्षेत्र
४.२ मध्य पहाडी क्षेत्र
४.३ लेकाली क्षेत्र
५ जल सम्पदा
५.१ प्रमुख नदीनालाहरू
५.२ झरना
६ प्रमुख धार्मिक क्षेत्रहरू
७ व्यापारिक महत्वका स्थानहरू
८ प्रभाव
९ यो पनि हेर्नुहोस
१० सन्दर्भ
११ बाहिरी लिंकहरू
जिल्लाको नामाकरण
ओखलढुङ्गा जिल्लाको नामाकरणका बारेमा निम्न धाराणाहरू रहेको पाइन्छ :
महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहेको जनविश्वास छ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरिसंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुंगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ। उक्त ढुगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गत ओखलढुङ्गा गाविस वडा नम्बर ६मा सिध्दिचरण पार्कसँगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ।
जिल्लाको इतिहास
प्राचिनकालमा यो क्षेत्रमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशी राजाहरूले राज्य गरेको पाइन्छ। वल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ। पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुङ्गाको नामले यस जिल्लाको जन्म भएको हो। विसं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बू, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे।
भौगोलिक अवस्थिति
अक्षांश: २७ डिग्री ६ देखि २७ डिग्री ३२ उत्तर
देशान्तर: ८६ डिग्री १० देखि ८६ डिग्री ३२ पूर्व
सिमाना: पूर्व-दुधकोशी नदी खोटाङ, पश्चिम-लिखू नदी रामेछाप, उत्तर-सोलुखुम्बु, दक्षिण-सुनकोशी नदी उदयपुर र सिन्धुली
क्षेत्रफल: १,०७४ वर्ग किलोमिटर (१,०५,८६४ हेक्टर)
उचाई: समुन्द्र सतहबाट ३९० मिटरदेखि ३,६२७ मिटर सम्म
सबभन्दा होचोठाउँ: जोर्तीघाट, (३९० मिटर) थाक्ले
सबभन्दा अग्लोठाउँ: लाम्जेडाँडा (३६२७ मिटर) पात्ले
सदरमुकामको उचाई: १,८४९ मिटर
भौगोलिक विभाजन
डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टारबेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
बेसी क्षेत्र
ओखलढुङ्गा जिल्लाको क्षेत्रफलको १५% अर्थात १६१ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस क्षेत्रमा कम उचाईमा रहेको नदी र खोला किनारका भू-भागहरू पर्दछन। यस क्षेत्रमा मानिसहरूको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती तरकारी खेती पशुपालन माछा मार्ने आदि काम पनि यस क्षेत्रका मानिसहरूले गर्दछन।
मध्य पहाडी क्षेत्र
मध्य पहाडी क्षेत्रले जिल्लाको कुल क्षेत्रफलको ६५% अर्थात ६९८ वर्ग किलोमिटर क्षेत्रफल भू-भाग ओगटेको छ। सदरमुकाम ओखलढुङ्गाका साथै रुम्जाटार पनि यसै क्षेत्रमा पर्दछ। यस क्षेत्रमा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन आदि गरिन्छ।
लेकाली क्षेत्र
जिल्ला कुल क्षेत्रफलको २०% अर्थात २१५ वर्ग किलोमिटर क्षेत्रफल ओगटने यस क्षेत्रमा पातलो बस्ती पाइन्छ। यहाँको अधिकांश भू-भाग भिरालो र चट्टानले भरिएको छ। यस क्षेत्रमा पातलो मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य समेत गरेको पाइन्छ।
जल सम्पदा
प्रमुख नदीनालाहरू
दूधकोशी नदी, सुनकोशी नदी, लिखू नदी, मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला आदि।
झरना
पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर), प्रमुख रूपमा रहेका छन। अन्य झरनाहरूमा सेप्ली, ढिकुरे, सेर्ना, सेलेले, न्याउले आदि पर्दछन।
प्रमुख धार्मिक क्षेत्रहरू
ओखलढुङ्गा जिल्लाको विलन्दू गाविस वडा नम्बर ९मा रहेको ककनी (श्री चम्पादेवी)को मन्दिर, चिसङ्खु गढीमा रहेको कोटकी कालिकादेवीको मन्दिर, सल्लेरीगाविसको लगलगेमा रहेको ककनीस्थान, दियालेमा रहेको जोगेश्वर महादेव मन्दिर, मोलीको तीनकन्या देवीको मन्दिर, पोखरे गाविस वडा नम्बर १मा रहेको पोखरा देवीको मन्दिर, दियालेगाविसमा रहेको भैरवस्थान, कुइभीर गाविस वडा नम्बर ५मा रहेको सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, कुइभीर गाविसको ठूलीवंशीमा रहेको महादेवको मन्दिर र खोदम्पाका कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान, बर्नालू गाविस वडा नम्बर ९मा रहेको सपनावती देवीको मन्दिर, ओखलढुङ्गा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, वटुक भैरव, गणेश मन्दिर आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू हुन।
व्यापारिक महत्वका स्थानहरू
यस जिल्लाको सवैभन्दा ठूलो व्यापारिक महत्वको स्थान सदरमुकाम ओखलढुङ्गा बजार नै हो। यहाँ बुधबार र शनिवार गरी हप्ताको दुई पटक बजार लाग्ने गर्दछ। व्यापारिक दृष्टिले शनिवारको बजारले विशेष स्थान ओगट्दछ। बुधवार लाग्ने बजार शनिवारको तुलनामा निकै कम लाग्ने गरेको पाइन्छ। केत्तुके र मानेभञ्ज्याङ यस जिल्लाका व्यापारिक दृष्टिले निकै महत्वपूर्ण स्थानको रूपमा रहेका छन। केत्तुकेमा मंगलबार र मानेभञ्ज्याङमा बिहिवार साप्ताहिक रूपमा वजार लाग्ने गर्दछ।
प्रभाव
कवि सिद्धिचरण श्रेष्ठले आफ्नो प्रसिद्ध कविता "मेरो प्यारो ओखलढुङ्गा" यही जिल्लाको नामबाट श्रृजना गरेका हुन।यो कवितालाई नारायण गोपालले सुमधुर स्वरले गाउनुभएको छ |