Saturday, September 22, 2012

" समाज सेवा दिवस "


समाज सेवा दिवस
सरोज :
धर्म गर्न कुनै मठ मन्दिर नै जानु पर्छ भन्ने होइन । दीनदुःखीको सेवा गर्नु नै महान् सेवा र ठूलो धर्म हो । परोपकार र दयाभावबाट समाजका असहाय दीन दुःखीलाई सहयोग गर्नु नै समाजसेवा गर्नु हो । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी ३३ औं समाज सेवा दिवस मनाइएको छ । धर्म कमाउनलाई कुनै पनि मठ मन्दिर र गुम्बामा नै जानुपर्छ भन्ने मान्यता अझै पनि नेपाली समाजमा यथावत नै छ । तर समाजमा यस्ता व्यक्ति पनि छन् जसले दिन दुखीको सेवा गरेर सामाजिक भूमिका निभाइरहेका छन् । समाज सेवा दिवसको अवसरमा धेरै सहयोगी हातहरू भने पशुपतिको वृद्धाश्रममा पुगेका थिए ।
नेपालमा समाजसेवा कार्य कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक इतिहास छैन तैपनि जब पृथ्वीमा चेतनशील मानिसको आगमन भयो त्यही बेलादेखि समाजसेवाका काम हु“दैआएको मानिन्छ । यस्तै नेपालमा समाजसेवा विभिन्न समुदायका गुठी, भकारी आदिबाट सुरु भएको मानिन्छ । दिन दुखीहरूको सेवा गरेर मन शान्ति पार्नु नै सबैभन्दा ठुलो सेवा हो र मान्दै आएको पाइन्छ ।
समाज सेवाको दिवसमा युवा, बाल–बच्चा सबै सेवाको भाव राखेर आश्रममा रहेका बुद्ध बुद्धालाई सहयोेग गरिरहेका थिए । दिन दुखीहरूको सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मनसायले परोपकारी संस्था ‘सनरिसा नेपाल’का बालबालिकाले पनि पशुपतिको वृद्धश्रममा पुगेर सास्कुतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन दिए । आश्रममा रहेका वृद्धवृद्धालाई मनोरञ्जन प्रदान गर्न र बालबालिकामा भएका ज्ञानलाई उजागर गर्न सास्कृतिक कार्यक्रम गरिएको सनरीसा नेपालका अध्यक्ष विष्णु राईले बताए । नेपाली मात्र नभइ वृद्धाश्रममा विदेशी नागरिकहरू पनि भेला भएका थिए ।  विगत १० वर्षदेखि गरिव बालबालिका तथा असहायहरूको सेवा गदै आएका जापानिज नागरिक याताका गोताले हरेक वर्ष नेपाल आएर सहयोग गर्ने गरेको बताए ।

शुपति वृद्धाश्रममा २ सय ३२ जना वृद्धवृद्धाहरू रहेका छन् । सरकारबाट र समाजसेवीहरूको सहयोगबाट नै  यहा“का वृद्ध वृद्धाहरूलाई  खान बस्नको लागि व्यवस्था गदै आएको छ ।  विद्यार्थी तथा समाजसेवीहरूले सहयोग गर्दा खुशी लागेको बताउ“छन् यी वृद्धवृद्धा । यता पशुपति वृद्धाश्रमका प्रमुख रामशरण थापा पनि विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन गराएकोमा सकारात्मक पक्ष भएको बताउनुभयो । प्रमुख थापाले वृद्ध–वृद्धाहरू बाहिर जान नसक्ने भएकाले यस कार्यक्रमले पुर्ण मनोरञ्जन गराएको बताए । आधिकारिक एवम् संस्थागत रुपमा नेपालको जेठो ऐतिहासिक लोककल्याण्ँकारी सामाजिक संस्था परोपकार संस्था हो भन्नुमा दुई मत नहोला । तर समाजकल्याण संस्थाले समाज सेवा दिवसलाई दिवसको रुपमा मात्र लिने गरेको छ । त्यसैले समाजसेवा दिवसको रुपमा मात्र नभइ दैनिक सेवाको रुपमा लिनु पर्दछ । समाजसेवा चेतनशील एवम् विवेकशील प्राण्ँीको अनिवार्य अंग हो । शान्ति, शुःख र आनन्दमा सबै मानिस बा“च्न चाहन्छन् तर निःस्वार्थभावले समाजसेवा गर्ने व्यक्तिले मात्र यो कुरा प्राप्त गर्न सक्छ । त्यसैले सेवा नै धर्म हो भन्ने यथार्थलाई आत्मसाथ गर्दै मन, वचन र कर्मले सेवा गर्न सबै लाग्न जरुरी छ ।

No comments:

Post a Comment