" विदेशि नाम भएका जीरो प्लस टु को नाम परीवर्तन गर्न उच्च माध्यमिक शिक्षा परीषद्को निर्देशन "
सरोज
निजी उच्च माध्यमिक विद्यालयहरूले अंग्रेजी र विदेशी नाम राखेको भन्दै विभिन्न पक्षबाट आवाजहरु उठ्न थालेको छ । नेपाली संस्कृति र पहिचान झल्कने नाम राख्नु पर्ने भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले सार्वजनिक सूचना नै जारी गरी नाम परिर्वतन निर्देशन दिएको छ । अङ्ग्रेजी तथा विदेशी नाम राखेर कलेज सञ्चालन गरेको, कलेजको होर्डिङ बोर्ड तथा ब्यानरमा विद्यार्थी तथा शिक्षाविद्को तस्बिर राखेर भ्रमपूर्ण र भड्किलो विज्ञापन गरेको भन्दै विद्यार्थी संगठनहरूले समेत केही समय अगाडि केही उच्च माविको होर्डिङ बोर्ड च्यात्ने र कलेज तोडफोड गर्ने कार्य समेत गरेको थियो । तर कलेज संस्थापकहरुले यसको टेरपुच्छर पनि लगाएनन् । तर यति बेला उच्च माध्यमिक शिक्षा परिषद्ले परिषद्बाट संञ्चालित जिरो प्लस टु कलेजहरुलाई नाम परिवर्तन गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
अहिले उच्च शिक्षामा खासगरी निजी उच्च मावि तथा जिरो प्लस टु कलेजहरूमा विदेशी नाम राख्ने होडबाजी नै चलेको छ । टेक्सास, नासा, फ्लोरिडा, पेन्टागन, एसर, वार्षा यी र यस्तै नाम राखेर धमाधम निजी उच्च माविहरू खुलेका छन् । यस्ता अङ्ग्रेजी र विदेशी नाम र उनीहरूले गर्ने भड्किलो विज्ञापनले विद्यार्थीहरूमा भ्रम सिर्जना गर्दै विद्यार्थी आकर्षित गरी रहेका छन् । विदेशि नाम राखेर कलेज संचालन गरे विद्यार्थी आफ्नो कलेजमा आउने सोच बनाई विदेशि नाम राख्ने होड बाजि नै चलेको छ । नेपाली संस्कृतिलाई चटक्कै विर्सेर विदेशी राज्य, स्थान, क्लव लगाएतका नाम राखेर जिरो प्लस टु सञ्चालहरु हुन थाले पछि उच्च माध्यमिक शिक्षा परिषद्ले भाद्र ४ गतै नै सार्वजानिक सूचना जारी गरेको हो । परिषद्ले मंसिर मसान्तभित्र उच्च माविको नाम परिवर्तनका लागि निवेदन दिई सक्नुपर्ने जनाएको छ । नेपाली भाषा र अर्थबोध हुने गरी फेरी एक पटक प्लस टु कलेजहरुले न्वारन गर्नु पर्ने बताउनु हुन्छ उच्च माध्यमिक शिक्षा परिषद्का सम्वन्धन महाशाखा प्रमुख देवीप्रसाद बराकोटी ।
देशभर १ सय ५८ वटा जिरो प्लस टुहरु संचालित छन भने काठमाडौमा मात्र उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्वन्धन प्राप्त ८५ वटा जिरो प्लस टु संचालनमा रहेका छन् । जसमध्ये अधिकांश उच्च माविहरु विदेशी नामबाट संचालन भइरहेका छ्न् । सडकको भित्तामा ठुलाठुला होर्डिङबोर्ड राखरे भौतिक पूर्वाधारहरु देखाउने र विद्यार्थीलाई आकर्षित गर्ने मनसायले सडक कुरुप माात्र बनाएका छैनन् विद्यार्थीसंग चर्को शूल्क पनि असुलिरहेका छन् । यति मात्र होईन आफ्ना कलेजमा विद्यार्थी आकर्षित गर्न कुनै कलेजहरुले त ल्यपटप नै बा“ड्न नारा दिएका छन् । अहिले उच्च माविहरूले अनावश्यक विज्ञापन गरेका कारण शिक्षा क्षेत्रमा विकृति बढ्दै गएको स्पस्ट छ । तर पछिल्लो समयमा उच्च माध्यमिक शिक्षा परिषद्ले विदेशी नाम भएका प्लस टु कलेजहरुको नाम परिवर्तन गर्न सार्वजनिक सूचना नै जारी गरेको छ । परिषद्ले मंसिर मसान्तभित्र सम्पूर्ण कागजातसहित कलेजको नाम परिवर्तन गर्न निर्देशन दिए पनि कलेज व्यवस्थापनले अहिलेसम्म कानमा तेल हालेर बसेका छन् । सरकारले ठोस नीत र नियम बनाएमा अफुहरु नियम पालना गर्न तयार भएको बताउछन् ट्रिनिटि कलेजका प्रवन्ध निर्देशक ईन्द्रप्रसाद सुवेदी ।
उच्च माध्यमिक शिक्षालाई व्यवस्थित गर्न नसकिएकै कारण पटक–पटक निजी उच्च मावि सञ्चालकहरूको बद्मासी र परिषद्ले अनुगमन गर्न नसकेको विषय र सार्वजनिक सूचना निकालिरहेको छ । एकातिर परिषद्ले अनुगमन र कारबाही गर्न खुट्टा कमाउने, अर्काेतर्फ विद्यालय सञ्चालकहरू सामाजिक उत्तरदायित्व नै भूलेर पूर्ण व्यापारमुखी बन्ने प्रवृत्तिका कारण उच्च माध्यमिक शिक्षाबाट आशातित उपलव्धी हासिल हुन सकेको छैन । त्यसैले नाम परिवर्तनबाटै शैक्षिक सुधारको प्रयास थालनी गरेकाले निःशुल्क नाम परिवर्तनको व्यवस्था गरिएको बराकोटीले बताए ।
शिक्षा क्षेत्रमा देखिएको छाडा प्रवृत्ति र शिक्षामा विकास हु“दै गएको कु–संस्कारलाई निरुत्साहित गर्नु आवश्यक छ । निजी उच्च माविहरू शिक्षा नियमावलीविपरीत जानु कदापि हु“दैन । साथै उच्च माध्यमिक शिक्षा परिषद्को नियमावलीलाई पनि उनीहरूले मान्नैपर्छ । विद्यार्थीलाई आकर्षित गर्नकै लागि आकर्षक विदेशी नाम राख्ने, भड्किलो विज्ञापन गर्ने र अनेकखाले प्रोपोगाण्डा मच्चाउने कलेजहरूले विकृतिलाई तत्काल रोक्नु जरुरी छ । नेपालमा अध्ययन गर्ने विद्यार्थीले उच्च शिक्षा हासिल गरेर नेपाली नाम र संस्कृतिक साथ गर्वका साथ हिड्न पाउनुपर्दछ ।
े
No comments:
Post a Comment